माइतीले आफ्ना चेलीलाई बोलाएर आज दर खुवाउँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

माइतीले आफ्ना चेलीलाई बोलाएर आज दर खुवाउँदै

काठमाडौं,३१ भदौ । भाद्र शुक्ल द्वितीयाका दिन निर्जल र निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने खाने चलन रहेको छ । दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । दरका लागि माइतीले आफ्ना चेलीलाई बोलाउने वा लिन जाने चलन छ ।

विशेषगरी दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने गर्छन् । कर्मघरमै रहेका महिलाले पनि परिवारका सदस्यसँग बसेर दर खाने गर्छन् । भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ ।

विशेषगरी दूधबाट बनेका खिर, ढकने, गुँदपाक र मिठाइजस्ता परिकार खाइन्छ । दरले व्रतका दिन अडिलो बनाउँछ भन्ने मान्यता छ । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पछिल्लो समय दरका नाममा महिना दिनअघिदेखि पार्टी गर्ने चलन बढेको भन्दै संस्कृतिका अध्येताहरुले चिन्ता व्यक्त गर्ने गरेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);