जनकपुरधाममा तीजको रौनक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

जनकपुरधाममा तीजको रौनक

जनकपुरधाम । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज आज महादेवको पूजा आराधना गरी मनाइँदैछ ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

तीजको अवसरमा जनकपुरको शिव चौकमा रहेको शिवमन्दिर, कुवामा रहेको कुपेश्वरनाथ महादेव मन्दिर, क्षीरेश्वरनाथ महादेव मन्दिरमा श्रद्धालुको भिड लागेको छ ।

महादेव मन्दिरमा पुजापाठ गर्ने श्रद्धालुको बिहानै देखि घुइँचो लागेको छ । जनकपुरको प्रसिद्ध तलाउमा स्नान गरेर पूजापाठ गर्नेको संख्या बिहानैदेखि देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);