च्याम्पियन्स लिग : म्यानचेस्टर युनाइटेडद्वारा युभेन्ट्स पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

च्याम्पियन्स लिग : म्यानचेस्टर युनाइटेडद्वारा युभेन्ट्स पराजित

mata

एजेन्सी, २२ कात्तिक । यूएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडले इटालियन क्लब युभेन्ट्सलाई उसैको मैदानमा पराजित गरेको छ ।

खेलको अन्तिम ५ मिनेटमा दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले यूईएफए च्याम्पियन्स लिगमा इटालियन च्याम्पियन युभेन्ट्सलाई २-१ ले पराजित गरेको छ । युभेन्ट्सको घरेलु मैदानमा जित हात पारेसँगै युनाइटेडको दोस्रो चरणमा छनोट हुने सम्भावना पनि मजबुत भएको छ ।

क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट गोलमा युभेन्ट्सले खेलको ६५ औं मिनेटमा अग्रता लिएको थियो । लिओनार्डो बोनुचीको लामो पासलाई पहिलो प्रहारमै उनले पेनाली क्षेत्रभित्र बाट गोलमा परिणत गरेका थिए । युभेन्ट्सका लागि उनको यो पहिलो च्याम्पियन्स लिग गोल पनि थियो । त्यसअघि पहिलो हाफमा युभेन्ट्सका लागि सामी खेडीराको प्रहार पोस्टमा लागेर फर्केको थियो । दोस्रो हाफमा पाउलो डिबालाको प्रहारमा पनि क्रसबार बाधक बन्यो ।

म्यानचेस्टर युनाइटेडले खेलको अधिकांश समय आक्रमणमा जान पाएन । युभेन्ट्सको दबाब निस्तेज पार्न व्यस्त देखिएको युनाइटेडले ८६ औं मिनेटमा अगता लिएको थियो । जुआन माटाले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएपछि खेल बराबरीमा पुगेको थियो । त्यसको तीन मिनेट पछि पाहुना टोली युनाइटेडले अग्रता लियो । एस्ली योङले प्रहार गरेको फ्रिकिकलाई एलेक्स सान्ड्रोले आफ्नै पोस्टको दिशा दिएपछि खेल युनाइटेडको पक्षमा पुगेको थियो ।

जितपछि समूह ‘एच’ को युनाइटेडले ४ खेलबाट ७ अंक जोडेको छ । र, समूहको दोस्रो स्थानमा छ । युनाइटेडको नकआउट चरण पुग्ने सम्भावना बलियो बनेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);