राजविराज मेयर कपको उपाधि खडक वारियर्सलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

राजविराज मेयर कपको उपाधि खडक वारियर्सलाई

सप्तरी, १४ चैत । खडक वारियर्स टोलीले तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ । राज रंगशालामा शनिबार सम्पन्न फाइनलमा वारियर्सले कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्सलाई १ रनले पराजित गरेको हो ।

खडक वारियर्सले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याउने क्रममा रुपनी राईडर्सले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १ सय ४५ रन बनाउन सक्यो । रुपनी राईडर्सको लागि निरज मुखियाले नटआउ ५२ रन बनाए भने सुनिल धमलाले २३ रन बनाए ।

खडक वारियर्सको बलिंगमा अनिल खरेल र गोमानंद अमात्यले समान ३ विकेट लिए । खरेलले ४ ओभरमा १ मेडन ओभर गर्दै १० रन तथा अमात्यले ४ ओभरमा १८ रन खर्चिए । भुलावन सहानिले २ विकेट तथा पवन सर्राफले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिंग रोजेको खडक वारियर्सले निर्धारित २० ओभरमा ६ विकेट क्षतीमा १ सय ४६ रन बनाएको थियो । वारियर्सको लागि ओपनर निरज यादवले सर्वाधिक ५१ रन बनाए । रुपनी राईडर्सका अनिल यादवले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३४ रन खर्चिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);