खेलाडीले अब पनि टेबलबाट बोतल हटाए युइएफएले कारबाही गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

खेलाडीले अब पनि टेबलबाट बोतल हटाए युइएफएले कारबाही गर्ने

एजेन्सी । जारी युरोकपका खेलहरु अगाडि भएका पत्रकार सम्मेलनमा केही खेलाडीहरुले कोकाकोला र बियरको बोतल हटाउन थालेपछि युरो कपको नियामकीय निकाय युइएफएले आउने दिनहरुमा त्यसतो गतिविधि गरेमा कारबाही गरिने चेतावनी दिएको छ ।

गएको सोमबार हंगेरीसँगको खेल पूर्व पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले पत्रकार सम्मेलनका बेला कोकाकोलाको बोतल टेबलबाट हटाएका थिए । उनले कोकाकोलाको बोतल टेबलबाट हटाएपछि कोकाकोलाले बजारमा ४ विलियन अमेरिकी डलर घाटा व्यहोर्नु परेको थियो ।

त्यसलगत्तै फ्रान्सका पल पोग्बाले पनि त्यसैगरी पत्रकार सम्मेलनका बेला टेबलमा राखिएको हेनेकन बियरको बोतल हटाएका थिए । त्यसपछि सो बियरको सेयर मूल्यमा पनि गिरावट आएको थियो ।

त्यसैगरी बुधार इटालीका लोकाटेलीले पनि पत्रकार सम्मेलनका बेला कोकाकोलाको बोतल हटाएका थिए ।

खेलाडीहरुको यस्तो गतिविधि प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै बिहीबार नियामकीय निकायले खेलाडीहरुलाई सचेत गराएको छ ।

युरोकपको मुख्य स्पोन्सर कम्पनीहरुको उत्पादनलाई नै खेलाडीले यसरी हटाउन थालेपछि आयोजकहरुले सचेत गराएको हो । खेलाडीहरुले आउने दिनहरुमा यस्तो गतिविधि दोहो-याएमा अनुशासनको कारबाही गर्न बाध्य हुने युईएफए युरो २०२० का निर्देशक मार्टिन कलेनले बताए ।

फ्रान्सका खेलाडी पोग्बाले धार्मिक कारणले हटाएका भने आयोजकले बुझ्ने उनको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);