४४ वर्षअघि लेखिएको मेसेज फेला परेपछि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

४४ वर्षअघि लेखिएको मेसेज फेला परेपछि

न्युयोर्क। वर्षौअघि लेखिएको सन्देश फेला पर्दा कस्तो अनुभूति हुन्छ ? निश्चय नै अनौठो लाग्न सक्छ । भर्जिनियाको योर्क नदीको किनारमा हिँडिरहेका एक बाबाुर छोराले ४४ वर्ष पहिले एक किशोरले फालेको बोतलभित्र सन्देश भेट्टाएका छन् । सोमबार आफ्नो छोरासँग योर्क रिभर स्टेट पार्कनजिक हिंडिरहेका बेला ब्रायन डेलिगेले नदीको किनारमा एउटा पुरानो सिसाको  पेप्सीको बोतल भेट्टाएका थिए । बोतललाई नदीको छालले किनारमा धकेलेको उनको अनुमान छ ।

बोतलभित्र एउटा नोट फेला परेको थियो । उक्त नोट बालकले लेखेको प्रष्टै चिनिन्थ्यिो । नोटमा फोन नम्बर पनि समावेश थियो । नोटमा ‘डोन केनड्रिक’ लेखिएको थियो । फोन नम्बर ‘एक्सपायर’ भएकाले त्यसबाट सम्पर्क असम्भव थियो । तर,  डेलिगेकी श्रीमती मेगन डेलिगेले फेसबुकमा त्यो नोटबारे फोटो पोस्ट गरिन् । उनको पोस्ट एक घण्टा भित्र सयौं पटक सेयर गरियो ।

सेयर भएको पोस्टले ट्रेसी केन्ड्रिकको ध्यान खिच्यो । उनका पति, डनले ४४ वर्ष पहिले तीनवटा सन्देशसहित बोतल नदीमा फ्याँकेका थिए । बोतल फाल्दा उनी १२ वर्षका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);