पेट दुखेर अस्पताल पुगेका वृद्धको पेटमा भोड्काको बोतल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

पेट दुखेर अस्पताल पुगेका वृद्धको पेटमा भोड्काको बोतल

धनगढी । उपचारका लागि अस्पताल पुगेका एक वृद्धको पेटमा रक्सीको बोतल भेटिएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुगेका एक वृद्धको पेटमा रक्सीको बोतल भेटिएको हो । पेट दुखेपछि उनी उपचारका लागि अस्पताल पुगेका थिए ।

चिकित्सकले उनलाई एक्सरे गर्ने सल्लाह दिएका थिए । धनगढी उपमहानरपालिका– १४, फूलबारीका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली सिसी रहेको एक्सरेमा देखिएको हो ।

बिरामीको पेटभित्र भोड्का रक्सीको एक क्वार्टरको खाली सिसी भेटिएको अस्पतालले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);