विश्वकप फुटबल : कोलम्बियासँग इङल्याण्डको आज वास्तविक परीक्षा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८३, सोमबार

विश्वकप फुटबल : कोलम्बियासँग इङल्याण्डको आज वास्तविक परीक्षा

kane-falcao

काठमाडौं, १९ असार । नयाँ र युवा खेलाडीको बर्चश्व रहेको इङल्याण्ड आजको बेलुका कोलम्बियासँग भिड्दै छ । आजको खेलमा उसले कोलम्बियाको सामना गर्दा उसको वास्तविक परीक्षा हुनेछ ।

हुन त इङल्याण्ड बलियो दाबेदार हो तर हामेस रोड्रिग्वेजसहित वा बिना पनि यस दक्षिण अमेरिकी टिममा अरु राम्रा खेलाडीको कमी छैन । ब्राजिलमा चार वर्षअगाडि उसले क्वाटरफाइनलसम्म तय गरेको यात्राले पनि यसलाई प्रमाणित गर्छ ।

इंग्ल्यान्डले १२ वर्षयता नकआउट चरणमा जित निकालेको छैन । यसपल्ट उसले टयुनिसिया र पानामाविरुद्ध शानदार जित निकाल्दै नकआउटमा पुगेको हो । लिग चरणका अन्तिम खेलमा दोस्रो रोजाईको टिम उतार्दा बेल्जियमसँग १–० ले हारेको सो टिम कोलम्बियाविरुद्ध कत्तिको किफायतीरुपमा उत्रिने छ त्यो भने हेर्न बाँकी नै छ ।

कोलम्बिया पनि सजिलै हार मान्न समर्थ हुने टिम भने होइन भन्ने तथ्यलाई उसले लिग चरणका खेलमा प्रमाणित गरिसक्यो । राडामेल फाल्काओ, हुवाँ क्वाड्राडो र हामेस रोड्रिग्वेज एकै टिममा हुनु कोलम्बियाको बलियो पक्ष हो । ह्यारी केनको टिममा आज लिग चरणको पहिलो खेलमा रहेका टिम नै हुनेछ ।

इङल्याण्ड लिगचरणको खेलमा ट्युनिशीया र पानामाविरुद्ध शानदार जित निकाल्दै नकआउट चरणमा पुगेको थियो भने पहिलो खेलमा जापानसँग लज्जास्पद हार बेहोरेको क्लोम्बियन टिम भने लयमा फर्किएको छ ।