मिलान 'इटालियन सिरी ए' को तेस्रो स्थानमा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

मिलान ‘इटालियन सिरी ए’ को तेस्रो स्थानमा

एजेन्सी । इटालियन सिरी ए फुटबलमा एसी मिलानले सहज जित निकालेको छ ।

आइतबार राति युभेन्ट्सको मैदानमा भएको खेलमा मिलानले युभेन्ट्सलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

मिलानलाई जित दिलाउन ब्राहिम डियाज, एन्ट रेबिक र फिकायो टोमोरीले एक÷एक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा डियाजले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।

खेलको ७८ औं मिनेटमा रेबिकले गोल गर्दै मिलानलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ८२ औं मिनेटमा टोमोरीले गोल गर्दै मिलानलाई ३–० को जित दिलाए ।

जितसँगै मिलान ३५ खेलमा ७२ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ भने ३५ खेलमा ६९ अंक जोड्दै युभेन्ट्स लिगको पाँचौं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);