बंगलादेशमा हुने साफ च्याम्पियनसिप फुटबलको 'ड्र' सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बंगलादेशमा हुने साफ च्याम्पियनसिप फुटबलको ‘ड्र’ सार्वजनिक

काठमाडौं, ५ वैशाख । बंगलादेशमा हुने साफ च्याम्पियनसिप फुटबल २०१८ को ‘ड्र’ सार्वजनिक गरिएको छ । आउँदो सेप्टेम्बरमा हुने च्याम्पियनसिपको ‘ड्र’ आज बंगलादेशको राजधानी ढाकामा सार्वजनिक गरिएको हो । सात देशको सहभागिता रहने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ ।

यो समूहमा नेपालसहित आयोजक राष्ट्र बंगलादेश, पाकिस्तान र भुटान रहेका छन् । साबिक विजेता भारत समूह ‘बी’ मा परेको छ । समूह बीमा माल्दिभ्स र श्रीलंका छन् ।

प्रतियोगिता ढाकामा आउँदो सेप्टेम्बर ४ देखि १५ सम्म हुनेछ । सार्कमा ८ देश रहे पनि अफगानिस्तान मध्यएसियामा गएकाले सात देशको मात्रै सहभागी हुनेछन् । नेपाल अहिलेसम्म साफ च्याम्पियनसिपको सेमिफाइनलभन्दा अघि जान सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);