एनओसीको कार्यालय अनिश्चिकालका लागि बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एनओसीको कार्यालय अनिश्चिकालका लागि बन्द

काठमाडौं, ५ भदौ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण नेपाल ओलम्पिक कमिटी एनओसीको कार्यालय अनिश्चिकालका लागि बन्द भएको छ । उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएको भन्दै बिहीबार एनओसीले विज्ञप्ति जारी गर्दै अर्को सूचना नआएसम्मका लागि कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि एनओसीले साउन ३१ गतेदेखि एक साता कार्यालय बन्द गर्ने निर्णय गरेको थियो । तर पछिल्लो समय कोरोना संक्रमणको संख्या बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्लाका जिल्ला प्रशासन कार्यालयले बुधबार रातिदेखि निषेधाज्ञा लागू गरेसँगै एनओसीले पनि कार्यालय बन्द गर्ने र घरबाटै काम गर्ने जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषदले यसअघि नै खेलकुद प्रतियोगिता प्रशिक्षण र खेलसँग सम्बन्धित सम्पूर्ण गतविधिहरु अर्को सूचना नआएसम्म बन्द गर्ने निर्णय गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);