बन्दिपुर गाउँपालिका क्षेत्र एक हप्ताको लागि पूर्ण रुपमा बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बन्दिपुर गाउँपालिका क्षेत्र एक हप्ताको लागि पूर्ण रुपमा बन्द

तनहुँ, ९ असार । तनहुँको बन्दिपुर गाउँपालिका क्षेत्र एक हप्तासम्म पूर्ण रुपमा बन्द गरिने भएको छ । सोमबार बसेको आपतकालीन बैठकले गाउँपालिकाको सम्पूर्ण क्षेत्र एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको अध्यक्ष पूर्णसिंह थापाले एक विज्ञप्ति मार्फत बताउनु भयो ।

विज्ञप्ति अनुसार क्वारेन्टिनमा रहेका व्यक्ति स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायत ३४ जनाको स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाइएकोमा सोमबार चिकित्सकसहित २ जना स्वास्थ्यकर्मी, १ जना सुरक्षाकर्मी र २ वटा स्थानमा रहेको क्वारेन्टाइनमा रहेका ८ जना समेत गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार ११ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै आपतकालीन बैठकले समुदायमा फैलिने उच्च जोखिमका रहेको हुँदा असार ९ गतेदेखि लागू हुने गरी गाउँपालिकाले प्रदान गर्दै आइरहेका सबै सेवाहरु र इलाका प्रहरी कार्यालय बन्दिपुर १ हप्ताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै बन्दिपुर अस्पतालको सबै सेवा गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था, निजी क्षेत्र, बैंक २ हप्ताका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ।

साथै गाउँपालिकावासीलाई उच्च मनोवलका साथ भौतिक दूरी कायम गरी आफू र समुदायलई सुरक्षित रहन समेत विज्ञप्ति मार्फत अध्यक्ष थापाले आग्रह गर्नुभएको छ।

bandir gaupalika bigyapti

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);