प्रधानमन्त्री कप महिला भलिबलमा न्यु डाईमण्डको पहिलो जित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानमन्त्री कप महिला भलिबलमा न्यु डाईमण्डको पहिलो जित

new diamond

नेपालगञ्ज, १९ फागुन । न्यु डाईमण्ड स्पोर्ट्स क्लबले छैंठौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबलमा पहिलो जित निकालेको छ । नेपालगञ्ज कर्भडहलमा सोमबार आयोजक टिम प्रदेश ५ लाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डाईमण्डले पहिलो जित निकालेको हो ।

न्यु डाईमण्डले प्रदेश ५ माथि २५–९,२५–१३ र २५–११ को सेटमा जित निकाल्यो । पहिलो खेलमा न्यु डाईमण्ड गत संस्करणको उपविजेता टिम नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित भएको थियो । जितसँगै समूह बीको न्यु डाईमण्डले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

यस्तै, सोमबारका लागि तय भएको खेलमा शसस्त्र प्रहरीको एपीएफ क्लवले भारतीय टिमबाट वाक ओभर पाएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि दर्ता गराइएको नाम फिर्ता लिदै भारतीय टिम नआएपछि एपीएफले वाक ओभर पाएको हो । भारतीय टिमबाट वाक ओभर पाएसँगै यस समूह ’ए’ बाट एपीएफ र त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान बनाएको छ।

एपीएफ समूह विजेता र आर्मी उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तृतीय हुने टिमले ५० हजार रुपैयाँ पाउनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);