मोरक्कोले रच्यो इतिहास, स्पेनलाई हराउँदै विश्वकपको क्वाटरफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मोरक्कोले रच्यो इतिहास, स्पेनलाई हराउँदै विश्वकपको क्वाटरफाइनलमा

एजेन्सी, २१ मंसिर । मोरक्कोले विश्वकप जितिसकेको स्पेनलाई स्तब्ध पारेर कतार विश्वकपको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । गएराति भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटमा मोरक्को विजयी भएको हो ।

मोरक्कोले निर्धारित ९० र अतिरिक्त ३० मिनेटसम्म स्पेनलाई रोक्यो । पेनाल्टी सुटआउटमा स्पेनका तीन खेलाडीले गोल गर्न सकेनन् । मोरक्कोको एक खेलाडी मात्र गोल गर्नबाट चुके । सुटआउटमा मोरक्को ३-० ले विजयी भयो ।

मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगलसँग प्रतिष्पर्धा गर्नेछ । अफ्रिकी टोली मोरक्कोको यो अहिलेसम्मकै उत्कृष्ट विश्वकप यात्रा बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);