लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले सहज जित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले सहज जित

एजेन्सी । लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले सहज जित निकालेको छ ।

आईतबार राति पीएसजीले घरेलु मैदानमा रिम्सलाई ४–० गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा नेयमार, केलियन एम्बाप्पे, मार्कुन्होस र मोईस केनले एक एक गोल गरेका थिए ।

खेलमा अग्रता नेयमारले १३ औं मिनेटमा पेनाल्टी गोलमार्फत दिलाए । २४ औं मिनेटमा एम्बाप्पेले पीएसजीको अग्रता दोब्बर बनाए । ६८ औं मिनेटमा नेयमारको पासलाई सदुपयोग गर्दै मार्कुन्होसले पीएसजीलाई ३–० को स्थितीमा पुर्याएका थिए । खेल सकिन एक मिनेट बाँकी छदाँ केनले गोल गर्दै घरेलु टोलीलाई फराकिलो जित दिलाए ।

जितसँगै पीएसजीले लिग वानको उपाधि सम्भावनालाई जिवितै राखेको छ र ७९ अंक सहित तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);