बार्साको अपराजित यात्रा कायमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

एजेन्सी, १९ कार्तिक। ला लिगा अन्तगर्त गए राती भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई  हराउँदै आफ्नो अपराजित यात्रा कायम राखेको छ। बार्सिलोनाको जितका लागि फ्रान्सेस्को अल्कारसेरले व्यक्तिगत दुई गोल गरे भने सेभिल्लाका लागि गुइडो पिजारोले सान्त्वनास्वरुप एक गोल फर्काए।

पहिलो हाफको २३औँ मिनेटमा पहिलो गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका अल्कासेरले ६५औँ मिनेटमा विजयी गोल गरे। सेभिल्लाका लागि ५९औँ मिनेटमा गुइडो पिजारोले बराबरी गोल फर्काएका थिए।

सिजनको दशौँ जितपछि ११ खेलबाट ३१ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा आसिन छ। एक खेल कम खेलेका रियल मड्रिड २० अंकका साथ चौथो स्थानमा छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);