रोमाञ्चक जितसँगै इटालियन सिरीकाे शीर्ष स्थानमा राेमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रोमाञ्चक जितसँगै इटालियन सिरीकाे शीर्ष स्थानमा राेमा

एजेन्सी । स्टेफन एल शारवीले अन्तिम मिनेटमा गरेको गोलसँगै इटालियन सिरी ए मा रोमाले रोमाञ्चक जित निकालेको छ । आइतबार राति घरेलु मैदान स्टाडियो ओलम्पिकोमा भएको खेलमा रोमाले सासुओलोलाई २/१ गोल अन्तरले पराजित गरेकाे हाे ।  

जोसे माउरिन्होको टोलीलाई अपराजित यात्राकाे क्रममा स्टेफनसहित ब्रायन क्रिष्टान्टेले एक/एक गोल गरे । सासुओलोको लागि फिलिप डुरिकिकले एक गोल गरे । 

पहिलो हाफमा ब्रयानको गोलसँगै रोमाले खेलमा १/० को अग्रता बनायो ।  दोस्रो हाफको ५७ मिनेटमा फिलिपले सासुओलोलाई १/१ को स्थितिमा पुर्‍याए । तर ९० मिनेटपछि थपिएको एक मिनेटमा गोल गर्दै स्टेफनले रोमाञ्चक जितसहित टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए । 

जितसँग ३ खेलमा ९ अंक बनाएको माउरिन्होको टोली शीर्ष स्थानमा यथावत छ । समान ९ अंक भए पनि एसी मिलान र नापोली क्रमशः दोस्रो तथा तेस्रो स्थानमा छन् । 

आइतबार राति नै भएका सिरी ए का अन्य खेलमा एसी मिलानले लाजियोलाई २/० गोल अन्तरले पराजित गरेकाे छ। मिलानको जितमा राफयल लेआओ र जालटान इभ्राहिमोभिकले एक/एक गोल गरे । 

टोरिनोले सेलर्निटानालाई ४/०, उडिनेसले स्पेजियालाई १/० तथा जेनोयाले कागरियलीलाई रोमाञ्चक खेलमा ३/२ गोल अन्तरले पराजित गरे । अर्काे खेलमा साम्पडोरिया र इन्टर मिलानले २/२ को बराबरी खेले । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);