हिग्वेनको सय गोल पुरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

एजेन्सी, १२ कार्तिक । इटालियन सिरी ए अन्र्तगत भएको खेलमा युभेन्ट्सले एसी मिलानलाई २-० ले पराजित गरेको छ। युभेन्टुसको जितमा दुवै गोल गोन्जालो हग्वेनले गरे। गोलसँगै हिग्वेनको १००औँ गोल पुरा भएको छ।

मिलानको घरेलु मैदानमा भएको खेल अन्र्तगत पहिलो हाफको २३औँ र ६३औँ मिनेटमा हिग्वेनले गोल गरेका थिए । दुई गोलपछि हिग्वेनले नेपोली र युभेन्ट्सका लागि गरेर कूल १०१ गोल गरेका छन्। हिग्वेन सन् २०१३ मा रियल मड्रिडबाट नेपोली पुगेका थिए।

११ खेलबाट २८ अंङ्क जोडेको युभेन्ट्स गोलअन्तरमा नेपोलीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको हो। नेपोलीले एक खेल कम खलेको छ। नेपोलीले आज ससुलोसंग खेल्दैछ।

यता स्टेफेन अल सारावेको एक मात्र निर्णायक गोल मद्तमा रोमाले बोलोगनालाई १-० ले पराजित गरेको छ। जितपछि ११ खेलबाट २४ अंक रहेको रोमा पाँचौ स्थानमा छ।

जितपछि युभेन्ट्स अंक तालिकामा शीर्ष स्थानमा समेत उक्लेको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);