युभेन्ट्स चौथो स्थानमा उक्लियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

युभेन्ट्स चौथो स्थानमा उक्लियो

काठमाडौं। हेलास भेरोनालाई पराजित गर्दै युभेन्ट्स विश्वकप अघिको विश्राममा इटालियन सिरी ए को चौथो स्थानमा उक्लिएको छ । बिहीबार राति १० खेलाडीमा सिमित युभेन्ट्सले भेरोनालाई १ ० ले पराजित गरेको हो । युभेन्ट्सको जितमा मोइस केअनले ६०औं मिनेटमा निर्णायक गोल गरे । खेलको अन्तिममा एलेक्स सान्ड्रोले रातो कार्ड पाउँदा युभेन्ट्स १० खेलाडीमा सीमित भयो ।

जितपछि युभेन्ट्स १४ खेलबाट २८ अंक सहित चौथो स्थानमा रह्यो । समान खेलबाट ३८ अंक बनाएको नापोली शीर्षस्थानमा छ । भेरोना रेलिगेशन क्षेत्रमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);