खेल सुरु हुनु अघि नै खेलाडीले पाए रेड कार्ड, कारण यस्तो (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

एजेन्सी, १७ कार्तिक । युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति मार्सेली र भिटोरिया एससीको खेल सुरु हुन लागेको थियो । खेलाडीहरु वार्म अप गर्दै थिए । त्यत्तिकैमा मार्सेलीका डिफेन्डर प्याट्रिस इभ्राले रेडकार्ड पाए। कारण थियो उनले एक समर्थकलाई किक हानेका थिए । युरोपा लिगमा खेलअघि नै रेड कार्ड पाउने उनी पहिलो खेलाडी हुन् ।

उनीमाथि शुक्रबार थप कारबाहीबारे छलफल हुँदै रहेको डेल्ली मेल युकेले जनाएको छ। उनले रेड कार्ड पाए पनि खेल शुरु नहुँदैको घटना भएकाले मार्सेली ११ जना खेलाडीसहित नै मैदानमा उत्रियो । खेलमा मार्सेली १–० ले पराजित भएको हो ।

मिडिया एजेन्सीका अनुसार उक्त सर्मथकले वार्म अप गरिरेहको बेला मजाक उडाएका थिए। सुरुमा सम्झाउने हिसाबले पुगेका इब्राले स्थिती बिग्रे पछि उक्त समर्थकका टाउकोमा लात्ती प्रहार गरेका थिए।
हेर्नुहोस् भिडियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);