फ्रेन्च लिग वानः पिएसजीको लगातार पाँचौं जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एजेन्सी, २४ भदौ । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वान फुटबलमा आफ्नो विजयी यात्रा कायमै राखेकोे छ ।

 

पिएसजीले लगातार पाँचौं जित दर्ता गर्ने क्रममा गएराति भएको खेलमा मेट्जालाई ५–१ ले पराजित गर्याे । १० खेलाडीमा सीमित मेट्जालाई पराजित गर्ने क्रममा पिएसजीका लागि एडिसन काभानीले दुई गोल गरे । यस्तै केलियन एमबाप्पे, नेइमार र कोलुका मोउराले एक/एक गोल गरे । मेट्जाका लागि रिविरेले पहिलो हाफमा बराबरी गोल फर्काएपनि पिएसजीले दोस्रो हाफमा चार गोल थप्यो ।

 

पाँच खेलबाट १५ अंक जोडेको पिएसजी अंक तालिकाको शीर्ष स्थानमा छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);