नेपालले दियो स्कटल्याण्डलाई १५० रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपालले दियो स्कटल्याण्डलाई १५० रनको लक्ष्य

नेपालकालागि कप्तान पारस खड्का ‘लिस्ट ए’ मा १ हजार रन बनाउने पहिलो खेलाडी

काठमाडौं, २४ फागुन । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत नेपाल र स्कटल्याण्डविरुद्धको खेलको पहिलो इनिङ सकिएको छ ।  निर्धारित ५० ओभरको खेलमा नेपाल ४७.४ ओभरमा अल आउट हुँदै  १४९ रन बनाउन सफल भयो ।

नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । प्रारम्भिक व्याट्सम्यान राम्रोसँग खेल्न नसक्दा नेपालले सोचे अनुसारको प्रस्तुती देखाउन सकेन।

नेपालका लागि सर्बाधिक दोहोरो अंक पारस खड्काले जोड्न सफल भए । उनले ७५ बलमा ६३ रन बनाए । उनलाई साथ दिएका सोमपाल कामीले ५४ बलमा १८ बनाए । बसन्त रेग्मीले ५१ बलमा २४ रन बनाए । रोहित कुमारले ४० बलमा १५ रन बनाए । सन्दिप लामिछानेले ३१ बलमा ६ रन र ललित राजवंशीले ११ बलमा ४ रन बनाए । यसैगरी ज्ञानेन्द्र मल्लले १, दिलिप नाथले ४, दिपेन्द्र सिंह ऐरी १, आरिफ शेख २, र सरद भेषवाकरले ० रन बनाए ।

आजको खेलसँगै नेपालकालागि कप्तान पारस खड्का ‘लिस्ट ए’ मा १ हजार रन बनाउने पहिलो खेलाडी बनेका छन् । ‘लिस्ट ए’मा ३० खेल खेलेका कप्तान पारसको नाममा २ सतक र ६ अर्धसतक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);