युरोपा लिगमा आर्सनल पराजित, पराजयका बाबजुद अर्को चरण प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

युरोपा लिगमा आर्सनल पराजित, पराजयका बाबजुद अर्को चरण प्रवेश

एजेन्सी, ११ फागुन । इङ्लिस क्लब आर्सनल युरोपा लिग फुटबलमा स्वीडिस क्लबसँग आफ्नो घरेलु मैदानमा पराजित भएको छ । पराजित भएपनि आर्सनलले अन्तिम १६ को यात्रा तय गरेको छ ।

युरोप लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनल स्वीडिस क्लब अस्टरसन्डसँग २–१ गोल अन्तरले पराजित भएको छ । पराजय व्यहोर्ने क्रममा आर्सनलले पहिलो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल खायो । अस्टरसन्डले खेलको २२ र २३ औं मिनेटमा लगातार दुई गोल गरेको हो ।

२ गोलले पछि परेको अवस्थामा आर्सनलले दोस्रो हाफको सुरुमा एक गोल फर्कायो । पराजयका बाबजुद आर्सनल समग्रमा ४–२ को नतिजासहित अन्तिम १६ मा प्रवेश गरेको छ । आर्सनलले अघिल्लो साता भएको पहिलो लेगमा अस्टरसन्डमाथि ३–० को जित निकालेको थियो । आर्सनलसँगै स्पेनी क्लब एथ्लेटिको मड्रिड पनि युरोपा लिगको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

एथ्लेटिको मड्रिड गएराति भएको खेलमा डेनमार्कको एफसी कोपनहेगनलाई १–० ले पराजित गरी समग्रमा ५–१ गोल अन्तरको नतिजासहित प्रिक्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);