युरोपा लिग: चेल्सीद्वारा माल्मो पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८०, आइतबार

युरोपा लिग: चेल्सीद्वारा माल्मो पराजित

chelsea

काठमाडौँ, १० फागुन । चेल्सी युरोपा लिग फुटबलको प्रि – क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको लिगअन्तर्गतको अन्तिम ३२ को दोस्रो लिगमा चेल्सीले माल्मोलाई ३–० गोलअन्तरले पराजित गरेको हो । चेल्सीले पहिलो लिग र दोस्रो लिगमा गरी समग्रमा ५–१ को जित निकालेको छ । पहिलो लेगमा चेल्सीले माल्मोलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । १० खेलाडीमा सिमित रहेको माल्मो माथि चेल्सीले खेल अवधिभर बल आफ्नो नियन्त्रणमा राखेको थियो । चेल्सीले पहिलो हाफमा भने गोल रहित बराबरी खेलेको थियो ।

दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गर्न सफल भयो । खेलको ५४, ७४ र ८४ औं मिनेटमा चेल्सीले गोल गर्दै जित हात पारेको हो । त्यस्तै, बिहीबार नै भएको अर्को खेलमा आर्सनलले बाटे बोरिसोभलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । आर्सनलले समग्रमा ३–१ को जित निकालेको हो । यसअघि भएको पहिलो लिगमा आर्सनल १–० गोलले पराजित भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);