युरोपा लिग : चेल्सी र आर्सनल नकआउट चरणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

युरोपा लिग : चेल्सी र आर्सनल नकआउट चरणमा

oliver

एजेन्सी, २३ कात्तिक । इंग्लिश क्लब चेल्सी युईएफए युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । युरोपा लिग अन्तर्गत बिहिबार राति समूह चरणको चौथो खेलमा बाटे बोरिसोभलाई १ – ० ले हराएर चेल्सीले अन्तिम ३२ को यात्रा तय गरेको हो ।

चेल्सीको जितमा ओलिभिएर जिरुडले ५२ औं मिनेटमा गरेको गोल निर्णायक सावित भयो । उनले एमर्सनको क्रसमा गोल गर्दै समूह एल मा चेल्सीको शत प्रतिशत नतिजा कायम राखे ।

जितसंगै समूह ‘एल’ चेल्सीले ४ खेलबाट ४ जितसहिअत १२ अंक जोडेर नकआउट चरणमा स्थान बनायो । चेल्सीले सन् २०१२ पछि पहिलोपटक युरोपा लिगमा ४ खेलमा लगातार जित निकालेको हो ।

त्यस्तै आर्सनल पनि युईएफए युरोपा लिग फुटबलको अन्तिम ३२ मा प्रवेश गरेको छ । बिहिबार राति भएको समूह चरणको चौथो खेलमा स्पोर्टिङ लिस्बोनसंग बराबरी खेल्दै आर्सनलले नकआउट चरणमा स्थान बनाएको हो ।

घरेलु मैदानमा पाएको मौका गुमाउदा आर्सनलले १० खेलाडीमा सिमित स्पोर्टिङसंग बराबरी खेलेको हो । बल पोजिसनमा पकड जमाएपनि आर्सनलले गोल गर्न सकेन् ।

बराबरीपछि समूह ‘ई’ को आर्सनलले ४ खेलबाट १० अंक जोडेको छ । स्पोर्टिङ ७ अंक जोडेर दोस्रो स्थानमा छ ।

arsenal

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);