Our Network

मंसिर १४ २०७८, मंगलबार

सरकारले आज राष्ट्रिय क्रिकेट टीमका सदस्यलाई सम्मान गर्ने

काठमाडौं,११ फागुन । विश्वकप क्रिकेटको छनोट प्रतियोगिताका लागि छानिएको नेपाली टोलीका सदस्यलाई सरकारले आज नगद पुरस्कारसहित सम्मान गर्दै छ । सरकारले आज प्रधानमन्त्री निवास बालुवाटारमा एक समारोह गरेर खेलाडीहरुलाई सम्मान गर्न लागेको हो ।

नेपाललाई विश्वकप छनौट प्रतियोगितामा छनौट गराउन सफल टोलीका सदस्यलाई जनही ३ लाख रुपैयाँका दरले पुरस्कार दिइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । नेपाल केही दिनपहिले नामिबीयामा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा उपविजेता बन्दै विश्वकप छनोट खेलका लागि छानिएको थियो । विश्वकप छनौट खेल खेल्न नेपाली टोली भोलि जिम्बाब्वे जाँदै छ ।