सडक बालकको खेल टोलीलाई पाँच लाख रुपैयाँ सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सडक बालकको खेल टोलीलाई पाँच लाख रुपैयाँ सहयोग

काठमाडौं, २५ फागुन । गोल्ड स्टार जुत्ताको नेपालस्थित व्यवस्थापक कम्पनी किरण सु म्यानुफ्याक्चर्सले सडक बालकहरुको खेल टोलीलाई पाँच लाख रुपैयाँ सहयोगस्वरुप प्रदान गरेको छ ।

गोल्ड स्टार जुत्ताको निर्माता, वितरक तथा बजार व्यवस्थापक कम्पनी किरण सु म्यानुफ्याक्चर्सले आगामी वैशाख २६ देखि रुसको मस्कोमा हुने बाल विश्वकप फुटबल २०१८ मा सहभागी हुन जान लागेको नेपाली सडक बालकहरुको टोलीलाई आज ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । नेपाली सडक बालकहरुको टोलीले अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा सहभागिता जनाउन लागेको यो पहिलो पटक हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);