बुटवलमा जारी ८औँ कर सप्ताहको समापन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बुटवलमा जारी ८औँ कर सप्ताहको समापन

बुटवल, ७ मंसिर । आन्तरिक राजश्व कार्यालय बुटवलले आयोजना गरेको ८ औँ कर सप्ताहको शनिबार समापन गरिएको छ ।

स्वच्छ कर प्रशासन विकास र सुशासन भन्ने मुल नाराका साथ यहि मंसिर १ गते देखि बिभिन्न कार्यक्रम सहित आयोजना गरिएको कार्यक्रम शनिबार समापन भएको कार्यक्रमका संयोजक कर अधिकृत टेक बहादुर चौधरीले जानकारी दिनु भयो ।

आन्तरिक राजश्व कार्यालय बुटवलले ४ जिल्लाका उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आठौं राष्ट्रिय कर दिवस–२०७६को अवसरमा शनिबार कार्यालय परिषरमा आयोजित ‘कर सप्ताहको समापन कार्यक्रममा जिल्लाबाट सबैभन्दा धेरै कर तिर्ने ४ संस्थालाई सम्मान गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);