सुनचाँदी व्यवसायमा चुनौति थपिदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

सुनचाँदी व्यवसायमा चुनौति थपिदै

gold shop

काठमाडौं, ७ मंसिर । पछिल्लो समय सुनचाँदी व्यवसायमा चुनौति थपिदै गएको छ । सुनचाँदी व्यवसायका लागि व्यापारिक सुरक्षाका सम्बन्धमा अहिलेसम्म पनि आवश्यक कानुन नबन्दा चुनौति थपिदै गएको हो । सुनचाँदी व्यवसायमा कोटा प्रणालीले गर्दा व्यवसाय धरासायी बन्ने होकी भनेर व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् ।

सुन आपूर्तिमा लगाइदै आएको परिमाणात्मक बन्देज र कोटा प्रणाली खारेज गर्न व्यवसायीले माग गरेका छन् । सुनको आपूर्तिमा परिमाणात्मक बन्देजका कारण विकृति बढेको भन्दै ब्यवसायीलाई पनि प्रतिस्पर्धात्मक आपुर्तिको ब्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।

नेपाल सुनचाँदी कला व्यवसायी संघले शनिबार १८औं साधारण सभा गर्दै सुनमा लगाईंदै आएको कोटा प्रणालीलाई खारेज गरी ओपन जनरल लाइसेन्स (ओजीएल) प्रणालीबाट सुनको आयात खुला गर्न सरकारसंग माग गरेका छन् ।

संघले सुनचाँदीको कारोबारलाई नियमन गर्ने स्पष्ट ऐन कानुनको अभाव रहेको भन्दै ऐन कानुन बनाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ । नेपालमा दैनिक सरदर ३० देखि ३५ किलोग्राम सुनको माग भए पनि आपूर्ति भने १५ देखी २० किलोग्राम मात्र हुने गरेको व्यवसायीको भनाई छ ।

मागभन्दा आपूर्ती कम हुँदा विकृति उब्जीएको उनीहरुको तर्क छ । मुलुक संघीयतामा गएपनि व्यवसायीले सुन खरिदका लागी काठमाडौंमा नै आउनुपर्ने अवस्था छ । यसबाट व्यवसायमा चुुनौती थपिएको राजधानी बाहिरका सुन व्यवसायीहरुको टिप्पणी छ ।

सुनचाँदी व्यवसायमा ७० प्रतिशत दक्ष कामदार भारत पश्चिम बंगालका छन् । यसकारण वर्षेनी नेपालको धन भारत गइरहेको छ । सरकारले स्वदेशमै दक्ष कामदार उत्पादनका लागि आवश्यक तालिम दिन सातै प्रदेशमा तालिम केन्द्रहरुको स्थापना गरिनुपर्ने व्यवसायीको माग छ । यसबाट नेपाली युवालाई खाडी मुलुकमा जानु भन्दा स्वदेशमै रोजगारी सृजना हुने उनीहरुको दावी छ ।

सुरक्षाको दृष्टिले संवेदनशील व्यवसाय भएको र बिभिन्न स्थानहरुमा चोरी, लुटपाट एवं सांघातिक आक्रमणका घटनाहरु भइरहेकोले आवश्यक शान्ति सुरक्षाको ब्यवस्था गर्न पनि संघले सरकारसंग माग गरेको छ । समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार बनाउनका लागी सरकारले व्यवसायीलाई कसरी प्रोत्साहीत गर्ने भन्ने तर्फ लाग्नु पर्ने उनीहरुको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);