सर्वाधिक आयकर तिर्ने सूर्य नेपाल कम्पनी सम्मानित | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

सर्वाधिक आयकर तिर्ने सूर्य नेपाल कम्पनी सम्मानित

kar diwas

काठमाडौं, १ मंसिर । सुर्य नेपाल प्रालिले यस बर्षको सबै भन्दा बढी आयकर तिरेको छ । आन्तरिक राजश्व विभागले सातौ कर दिवसको अवसरमा सनिबार राजधानीमा आयोजित कार्यक्रममा सुर्य नेपाल प्रा. लि. लाई सबै भन्दा बढी कर तिर्ने कम्पनी घोषणा गरेको हो ।

कार्यक्रममा आर्थिक बर्ष २०७४-७५ मा मुलुकभरबाट कर तिर्ने कम्पनीहरु मध्येमा सबै भन्दा बढी आय कर तिरेको कम्पनी सुर्य नेपालका उपाध्यक्ष रवि केसीलाई सम्मानित गरिएको छ ।

सुर्य नेपालले २०७२-७३ मा पनि सबै भन्दा बढी आयकर तिरेको थियो । सुर्य नेपालले आर्थिक बर्ष २०७२ ÷७३ मा आयकर, मुल्य अभिवृद्धि कर र अन्तशुल्क कर गरी ११ अर्ब २५ करोड ८९ लाख रुपैया कर बुझाएको थियो ।

त्यसैगरी व्यक्तिगत तर्फ सबै भन्दा धेरै आयकर तिर्नेमा उद्योगी सिद्धार्थ राणा बनेका छन् । उनलाई पनि कार्यक्रममा सम्मान गरिएको छ । विभागले क्षेत्रगत रुपमा सबै भन्दा बढी आय कर तिर्ने अन्यलाई पनि सम्मान गरेको छ ।

निर्यात उद्योग तर्फ सबै भन्दा धेरै कर तिर्ने डाबर नेपाल, उद्योग तर्फ हिमाल पावर कम्पनी, कृषि तथा व्यापारमा प्रो बायोटेक प्रालि, सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त, बैक तथा वित्तिय संस्थातर्फ नबिल बैक, बीमा व्यवसाय तर्फ नेपाल पुनर्बिमा कम्पनी, स्वास्थ्य तथा शिक्षा तर्फ नोबेल मेडिकल कलेज, सूचना प्रविधि तर्फ एफ वान सफ्ट इन्टरनेशनल, पर्यटन तर्फ तारागाँउ रिजेन्सी होटल, व्यापारमा सिप्रदी ट्रेडिङ सम्मानित भएका छन् ।

कर तिर्नुपर्छ भन्ने जनचेतना फैलाउने उद्देश्य साथ हरेक बर्ष कर दिवसका दिन विभिन्न क्षेत्रबाट सबै भन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);