भुकम्पिय पुनर्निर्माण आयोजनाका लागि करिब २३ अर्ब रुपैंया सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भुकम्पिय पुनर्निर्माण आयोजनाका लागि करिब २३ अर्ब रुपैंया सहयोग

biswa bank rin sahayog

काठमाडौं, २३ माघ । विश्व बैकले नेपाललाई भुकम्पीय आवास पुननिर्माण आयोजनाका लागि करिब २२ अर्ब ८० करोड रुपैंया सहयोग गरेको छ । अर्थमन्त्रालयमा बिहिबार एक समारोहका बीच विश्व बैकका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच भुकम्पीय आवास पुननिर्माण आयोजनाका लागि ऋण सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैकका तर्फबाट कन्ट्री म्यानेजर फारिस एच हाडाड जर्भोसले हस्ताक्षर गर्नुभएको छ । दोश्रो थप ऋण सहायता स्वीकार गर्ने सम्बन्धी वित्तीय सम्झौता अनुसार प्राप्त विश्व बैकको पछिल्लो सहयोग रकमलाई भुकम्प प्रभावित ३२ जिल्लाका ८६ हजार ६ सय ८० वटा आवास निर्माणमा खर्च गरिने अर्थमन्त्रालयले जनाएको छ ।

विश्व बैकले नेपालमा भुकम्प प्रतिरोधी आवास निर्माण कार्यक्रम संचालन गरिरहेको छ । यसघि विश्व बैकले सन् २०१५ मा ५५ हजार घर पुननिर्माणका लागि ऋण सहायता उपलब्ध गराएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);