सरकार र विश्व बैंकबीच २ अर्ब ८० करोड रुपैँया बराबरको सम्झौतामा हस्ताक्षर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सरकार र विश्व बैंकबीच २ अर्ब ८० करोड रुपैँया बराबरको सम्झौतामा हस्ताक्षर

काठमाडौं, ६ चैत । नेपाल सरकार र विश्व बैंक बीच समृद्धिका लागि वन आयोजनाका लागि २ अर्ब ८० करोड रुपैँया बराबरको ऋण र अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशीर कुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताको कुल रकम मध्ये करिब ७१ करोड रुपैँया अनुदान र करिब २ अर्ब १० करोड रुपैँया सहुलियतपूर्ण ऋण रहेको जनाइएको छ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै अर्थ सचिव शिशीर कुमार ढुंगानाले वन जंगल संकटको समयमा स्थानीय समुहहरुका लागि परम्परागत सुरक्षाको जाल रहेको बताए ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले यस आयोजनाले ५० वटा गाउँपालिका र नगरपालिकाहरुलाई सहयोग पु¥याउने बताए । यस अयाजनले समावेशी जलवायु कार्य तथा नेपालको तुलनात्मक लाभमा आधारित हरित आर्थिक वृद्धिका लागि सुरुवातको बिन्दु हुने उनको भनाई छ ।

समृद्धिका लागि वन आयोजनाले नेपालको दिगो वन व्यवस्थापनलाई सुधार गर्दै वनमा आधारित नीजि क्षेत्रको विकास गरी वनक्षेत्रको रुपान्तरण गर्न योगदान पु¥याउने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);