रुस्लान अत्तरीया कपमा राईजिग क्रिकेट वुमन काठमाण्डौको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रुस्लान अत्तरीया कपमा राईजिग क्रिकेट वुमन काठमाण्डौको जित

पाण्डव पुजारा
कैलाली, २२ बैशाख
कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपमा राईजिग क्रिकेट वुमन काठमाण्डौले जित हासिल गरेको छ । अत्तरीया स्थित एपिएफको खेल मैदानमा शुक्रवार विहान भएको खेलमा राईजिगले कैलाली जिल्ला क्रिकेट एकेडेमीको टोलीलाई १७ रनले हराएको हो ।

रुस्लान अत्तरीया कपमा राईजिग क्रिकेट वुमन काठमाण्डौको जित

पाण्डव पुजारा कैलाली, २२ बैशाख 

कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपमा राईजिग क्रिकेट वुमन काठमाण्डौले जित हासिल गरेको छ । अत्तरीया स्थित एपिएफको खेल मैदानमा शुक्रवार विहान भएको खेलमा राईजिगले कैलाली जिल्ला क्रिकेट एकेडेमीको टोलीलाई १७ रनले हराएको हो । टस जितेर पहिले व्याटिग गरेको राईजिग क्रिकेट वुमनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै एक सय ३७ रन वनायो । यो योगफल तयार पार्नका लागि विदेशी खेलाडीहरुको प्रदर्शन उत्कृष्ट रह्यो । वंगलादेशी खेलाडी सहनाज प्रविन र भारतीय खेलाडीद्धय पुजा निमा भाट र लक्ष्मी चौधरीले व्याटिग लाईन समाले ।

 

२० रन वनाएकी सहनाजले १९ रन वनाएकी पुजासग पहिलो विकेटका लागि २४ रनको साझेदारी गरिन् । सहनाजले दोस्रो विकेटका लक्ष्मी चौधरीसग ४५ रनको साझेदारी गरिन् । लक्ष्मीले पनि आफ्नो टीमका लागि २० रनको योगदान गरिन् । कैलाली जिल्ला क्रिकेट एकेडेमीका लागि चादनी शाहले २ विकेट लिईन् । सुमन विष्ट, अञ्जली चन्द र लक्ष्मी साउदले एक एक विकेट लिईन । एक सय ३८ रनको विजय लक्ष्य लिएर मैदान उत्र्रिएको कैलाली जिल्ला क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट क्षतीमा एक सय २० रन मात्रै वनाउन सक्यो । सुरुवात राम्रो भएपनि मध्यक्रम चल्न नसक्दा घरेलु टोली पराजित भएको हो । टीमका लागि नितु भण्डारीले ३५ रन वनाईन् ।

 

मन्जु भण्डारीले २० र कविता कुवरले १७ रन वनाईन । पहिलो विकेटका लागि नितु र मन्जुले ४८ रनको साझेदारी गराई उत्कृष्ट सुरुवात गराईन । दोस्रो विकेटका लागि मन्जुले कवितासग ३६ रनको साझेदारी गरे पनि त्यसपछि लामो साझेदारी नवन्दा कैलालीको टीमले हार व्यहोरेको हो । राईजिग क्रिकेट वुमनका लागि अस्मीता कर्माचार्यले ३ विकेट लिईन । पुना निराभाटले २ तथा आरती विडारी र कृति सेनले एक एक विकेट लिईन । खेलमा १९ रन वनाएर एक विकेट लिएकी भारतीय खेलाडी पुजा निभा भाट वुमन अफ द म्याच भईन । उनले नगद ३ हजार हात पारिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);