गण्डकी प्रदेशस्तरीय रनिङ शिल्ड आजदेखि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

गण्डकी प्रदेशस्तरीय रनिङ शिल्ड आजदेखि

पोखरा। गण्डकी प्रदेशस्तरीय छात्र–छात्रा राष्ट्रपति रनिङ शिल्ड आजदेखि पोखरामा सुरु हुँदैछ । रनिङ शिल्डको तयारी सकेर आजदेखि प्रतियोगिता सुरु गर्न लागिएको हो । प्रदेश खेलकुद परिषद गण्डकीले मध्ये बर्खामा कार्यक्रम गर्न लागेको हो । स्थानीय निर्वाचनलगायत कामले कार्यक्रम ढिलो भएको सदस्य सचिव तेजबहादुर गुरुङले बताए ।प्रतियोगिता पोखरा रंगशालामा हुनेछन् । प्रतियोगितामा मनाङबाहेक प्रदेशका सबै जिल्लाको सहभागीता रहनेछ । वर्षाका कारण सडक अवरोध भएका कारण मनाङले सहभागिता नजनाएको बताइएको छ । १० जिल्लाका ५ सय ७४ खेलाडीले सहभागिता जनाउनेछन् ।

प्रतियोगिताअन्तर्गत टिम गेमतर्फ छात्र÷छात्रा एथलेटिक्स, भलिबल, कब्बडी र मार्शल आर्टतर्फ तेक्वान्दो, उशु र कराते खेल हुनेछन् । प्रतियोगिताको समापन २४ गते हुने र सम्पन्न हुने प्रतियोगिताबाट राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्डका लागि खेलाडी छनौट गरिनेछ । यसअघि जिल्लाका प्रतियोगिता सकिएर प्रदेशका लागि खेलाडी छनोट भएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);