अस्ट्रेलियासँग ३ विकेटले इंग्ल्याण्ड पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अस्ट्रेलियासँग ३ विकेटले इंग्ल्याण्ड पराजित

एजेन्सी, १ असोज । इंग्ल्याण्डविरुद्धको एक दिवसीय सिरिज अस्ट्रेलियाले जितेको छ ।

गएराति भएको अन्तिम एक दिवसीयमा इंग्ल्याण्डलाई ३ विकेटले पराजित गर्दै पाहुना टोली अस्ट्रेलियाले २–१ ले सिरिज जितेको हो ।

इंग्ल्याण्डले दिएको ३ सय ३ रनको लक्ष्य अस्ट्रेलियाले अन्तिम ओभरमा २ बल बाँकी छँदा ७ विकेट गुमाएर पुरा गरेको थियो । अस्ट्रेलियाको जीतमा एलेक्स केरी र ग्लेन म्याक्सवेल दुवै जनाले शतकीय पारी खेले । केरीले १०६ रन जोड्दा म्याक्सवेलले १०८ रनको योगदान गरे ।

७३ रन बनाउँदा ५ विकेट गुमाएको अस्ट्रेलियालाई केरी र म्याक्सवेले २१२ रनको साझेदारी गर्दै जित दिलाउन मद्दत गरेका थिए । इंग्ल्याण्डका जोय रुट र क्रिस वार्कसले समान २–२ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २ रन बनाएको थियो । इंग्ल्यान्डका ओपनर जोनी बेयरस्टोले शतकीय पारी खेलेका थिए । उनले १ सय १२ रन बनाए । अस्ट्रेलियाका मिचेल स्टार्स र एडम जाम्पाले ३–३ विकेट लिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);