पूर्वमाओवादी लडाकुका छोराले गरे प्रचण्डमाथी जुत्ता प्रहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पूर्वमाओवादी लडाकुका छोराले गरे प्रचण्डमाथी जुत्ता प्रहार

Ratan-Tiruwa_456249051

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति पूर्वमाओवादी लडाकुका छोरा भएको खुलेको छ ।

जुम्लाका २२ वर्षीय रतन तिरुवाले प्रचण्डमाथी जुत्ता प्रहार गरेको प्रहरीले जनाएको छ । उनका बाबु पूर्व माओवादी लडाकु थिए ।

उनलाई महानरीय प्रहरी वृत सिंहदरबारमा राखिएको छ । उनको पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनी लोकसेवाको तयारी गर्न काठमाडौंमा बस्दै आएका थिए ।

राष्ट्रिय सभा गृहमा आयोजित स्वर्गीय नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा उनले प्रचण्डमाथी जुत्ता प्रहार गरेका थिए । के कारणले प्रचण्डमाथी जुत्ता प्रहार भएको हो भन्ने केही खुलेको छैन । उनीबारे प्रहरीले थप अनुसन्धान जारी राखेकाे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);