विद्युत निर्यातका लागि बजारको खोजी सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

विद्युत निर्यातका लागि बजारको खोजी सुरु

yubraj khatiwada

काठमाडौं, ६ मंसिर । सरकारले विद्युत निर्यातका लागि बजारको खोजी गर्न सुरु गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युत निर्यातका लागि विभिन्न मुलुकसँग कुरा भईरहेको जानकारी दिनु भएको हो ।

काठमाडौंमा जारी उर्जा सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उहाँले विद्युत उत्पादन बढाउन वैदेशिक लगानी आकर्षित गर्न पनि सरकारले विभिन्न ऐन, कानुनमा सुधार गरेको बताउनु भयो ।

सरकारले १० वर्षमा १५ हजार मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । तर आन्तरिक खपत १ हजार ५ सय मेघावाट मात्रै हुने भएकाले विद्युत निर्यातका लागि बजारको खोजी गर्नु परेको मन्त्री खतिवडाको भनाई छ ।

उहाँले डलरमा हुने उतारचढावका कारण नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउन नदिन ‘हेजिङ’ ऐन लागू गरि कार्यान्वयनमा ल्याइएकाले ढुक्क भएर लगानी गर्न पनि बाह्य मुलुकका लगानीकर्ताहरुलाई आग्रह गर्नु भयो ।

अर्थमन्त्री खतिवडाले विश्व बैंकको पछिल्लो तथ्यांकले पनि नेपालमा लगानीको उपयुक्त वातावरण बनेको देखिएकाले पनि नेपालमा लगानी गर्न डराउनुपर्ने अवस्था नरहेको पनि स्मरण गराउनु भयो । उहाँले जलविद्युत क्षेत्रमा लगानी गरेर पूँजी बजारबाट लाभ लिन पनि सम्बन्धित सबैलाई आह्वान गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);