खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय ८० रुपैयाँ घाटा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय ८० रुपैयाँ घाटा

gas

काठमाडौं, २२ साउन । नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय ८० रुपैयाँ घाटा छ ।

अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य लगातार बढ्दै गए पनि निगमले लामो समयदेखि ग्यासको मूल्य समायोजन नगर्दा घाटा बढेर प्रतिसिलिन्डर २ सय ८० रुपैयाँ पुगेको हो । इन्डियन आयल कर्पाेरेसनले १ अगस्टमा पठाएको नयाँ मूल्यअनुसार ग्यासमा प्रतिसिलिन्डर ४६ रुपैयाँ बढेर आएको छ । मूल्य बढेर आएकाले पछिल्लो १५ दिनमा निगमलाई १५ करोड ५ लाख रुपैयाँ घाटा भएको छ ।

निगमले इन्धनको मूल्य समायोजन गर्दै आए पनि ग्यासमा भने मूल्य समायोजन नहुँदा घाटा बढेको हो । हाल बजारमा प्रतिसिलिन्डर ग्यासको मूल्य १ हजार ३ सय ७५ रुपैयाँ छ । छिमेकी मुलुक भारतका विभिन्न रिफाइनरी केन्द्रबाट खाना पकाउने ग्यास आयात हुने गर्छ । ५५ वटा ग्यास उद्योगले ग्यासको आयात गरी बजारमा वितरण गर्ने गरेका छन् ।

स्वचालित मूल्यअनुसार १५–१५ दिनमा मूल्य समायोजन गर्नुपर्ने भए पनि पछिल्लो एक महिना यता निगमले मूल्य समायोजन गरेको छैन । निगमलाई डिजेलमा प्रतिलिटर १ रुपैयाँ १४ पैसा घाटा छ । यस्तै पेट्रोलमा प्रतिलिटर ८७ पैसा नाफा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);