प्रतिनिधिसभाको समानुपातिक परिणाम तत्काल सार्वजनिक गर्न वाम गठबन्धनको दबाब | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८३, शुक्रबार

प्रतिनिधिसभाको समानुपातिक परिणाम तत्काल सार्वजनिक गर्न वाम गठबन्धनको दबाब

bam

काठमाडौं, पुष १८ । वाम गठबन्धनले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको परिणाम तत्काल सार्वजनिक गर्न निर्वाचन आयोगलाई दबाब दिएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले सोमवार प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवलाई भेटी परिणाम सार्वजनिक लगायतका प्रक्रियामा आयोगले ढिलाई गर्दा नयाँ सरकार गठन प्रक्रिया लम्बिएको भन्दै तत्काल परिणाम सार्वजनिक गर्न दबाब दिएका हुन् । भेटपछि एमाले उपाध्यक्ष भीम रावलले निर्वाचन सकिएको एक हप्ताभित्र समानुपातिकको मतपरिणाम सार्वजनिक हुनु पर्नेमा त्यसो नभएको भन्दै तत्काल परिणाम सार्वजनिक गर्न ध्यानाकर्षण गराएको जानकारी दिए ।

निर्वाचनको मतगणना सकिएको दुई साता वितिसकेको छ । तर आयोगले संविधान अनुसार राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभइ प्रतिनिधिसभाको समानुपातिक परिणाम सार्वजनिक गर्न नमिल्ने बताउँदै आएको छ ।

ताजा समाचार