आज माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

आज माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठक बस्दै

काठमाडौं, पुष १८ ।  मुलुकको पछिल्लो राजनीतिक अवस्था र नेकपा (एमाले)सँगको पार्टी एकता लगायतका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)को बैठक बस्दै छ ।

माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठक आज दिउँसो एक बजे पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बस्ने भएको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताको विषयमा भइरहेको प्रयास तथा त्यसको तयारीका बारेमा छलफल हुनेछ ।

पछिल्लो दिनमा पार्टी एकताको विषयमा ठोस निर्णय र अवधारणा अगाडि नआएको बेला माओवादी केन्द्रको मंगलबार बस्ने बैठकलाई अर्थपूर्ण रुपमा लिइएको छ । माओवादी केन्द्रले तत्काल समानुपातिक तर्फको सिट बाँडफाँट गर्न निर्वाचन आयोगलाई आग्रह पनि गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);