१२ महिना भित्रमा ९ हजार नेपालीले अमेरिका छाड्नुपर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

१२ महिना भित्रमा ९ हजार नेपालीले अमेरिका छाड्नुपर्ने

नेपालीका लागि अमेरिकाले दिँदै आएको टिपीएस सुविधा खारेज –

एजेन्सी, १४ वैशाख । अमेरिकाले नेपालीहरूलाई प्रदान गर्दै आएको अस्थायी बसोबास पत्र अर्थात् टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) सुविधा खारेज गरेको छ ।

प्राकृतिक प्रकोप पीडितका लागि अमेरिकाले दिएको टीपीएस सुविधा सन् २०१५ जुनबाट नेपालीले पाएका थिए । अमेरिकाले टिपीएस सुविधा खारेज गरेसँगै ९ हजार नेपालीले अमेरिका छाड्नु पर्ने भएको छ ।

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जारी गरेको विज्ञप्ति अनुसार सुविधा खारेज भएको एक वर्षसम्म नेपालीले अमेरिका छाड्नु पर्नेछ । आप्रवासीप्रति अनुदार रहँदै आएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसअघि निकारागुवाका नागरिकलाई टिपिएस नथप्ने घोषणा गरेका थिए ।

नेपालमा २०७२ वैशाख १२ मा ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएपछि अमेरिकामा कागजातबिना बसेका नेपालीहरूलाई पारिवारिक मिलनको मौका स्वरूप यो सेवा उपलब्ध गराएको थियो ।

२४ जुन २०१५ मा १४ हजार ७ सय ९१ नेपालीले टिपिएस सुविधा पाएका थिए । टिपीएसको म्याद आउँदो जुन २४ मा सकिँदै थियो । अमेरिकी संचारमाध्यमहरुले टिपिएसको म्याद नथपेपछि ९ हजार नेपाली प्रभावित हुने जनाएका छन् ।

अमेरिकाले विपत्तिमा परेका देशलाई सहयोग स्वरूप टिपिएस दिने कानुनी व्यवस्था सन् १९९० मा ल्याएको थियो । यसबाट बिपत्ती र मानवीय संकटमा परेका देशका नागरिकहरुले यस्तो सुबिधा लिँदै आएका थिए ।

अमेरिकामा टीपिएसको म्याद सकिनु ६० दिन अगाडी नै टीपीएस नवीकरण सम्बन्धी निर्णय सार्वजनिक गर्ने कानुनी प्रक्रिया रहेको छ । सोही अनुसार अमेरिकाले उक्त निर्णय सार्वजनिक गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);