अमेरिकाद्वारा भारतीय सामानमा भन्सार छुट खारेज गर्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

अमेरिकाद्वारा भारतीय सामानमा भन्सार छुट खारेज गर्ने निर्णय

trump-india

एजेन्सी , २१ फागुन । संयुक्त राज्य अमेरिकाले इन्डो–प्यासेफिक रणनीतिअन्तर्गत हिन्द र प्रशान्त क्षेत्रका देशहरूमा आर्थिक र मानवीय विकासमा सहकार्य गर्ने बताइरहेको समयमो यो क्षेत्रको महत्वपूर्ण साझेदार मुलुक भारतलाई दिँदै आएको केही सामानमा भन्सार छुट सुविधा भने खारेज गर्ने भएको छ ।

संयुक्त राज्य अमेरिकाले इन्डो–प्यासेफिक रणनीतिअन्तरगत भारतलाई दिदै आएको केहि सामानहरुमा भन्सार छुटको सुविधा खारेज गर्ने भएको छ । यस नीति अन्तरगत अमेरिकाले हिन्द र प्रशान्त क्षेत्रका देशहरुलाई भन्सार छुट सुविधा दिदै आएको थियो । तर हिन्द प्रशान्त क्षेत्रको अमेरिकाको महत्वपूर्ण साझेदार देशका रुपमा रहेको भारतीय सामानमा भने छुट सुविधा खारेज गर्न लागेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदलाई पत्र लेखेर २ हजारभन्दा बढी सामानमा भारतलाई दिँदै आएको यस्तो सुविधा खारेज गर्ने लागेको बताएका छन । संसदलाई पत्र पठाएको ६० दिनपछि यो निर्णय कार्यान्वयन गर्न सकिने ट्रम्प प्रशासनले जनाएको छ । अमेरिकाले भारतमा उत्पादित सवारी पार्टपुर्जा, औद्योगिक उपकरण र टेक्स्टाइल सामग्रीलाई ड्युटी फ्रीमा अमेरिका प्रवेश गर्न दिने गरेको थियो ।

सन् २०१७ मा भारतले यो सुविधाअनुसार ५ अर्ब ७० करोड डलर बराबरको सामान अमेरिका निर्यात गरेको थियो । अमेरिकी कम्पनीहरूले आफूले उत्पादन गरेका दुग्धजन्य पदार्थ र मेडिकल सामग्रीलाई भारतीय बजारमा जान गैरकर अवरोध भइरहेको बताएका थिए । आफ्ना उत्पादकको यस्तो गुनासोपछि अमेरिकाले गत अप्रिलमै भारतीय सामानमा दिँदै आएको भन्सार छुट सुविधामा पुनरावलोकन गर्ने बताएको थियो । तर भारतले आफ्नो बजारमा अमेरिकी सामानलाई समान र उचित तरिकाले प्रवेश दिने कुरामा अमेरिकालाई आश्वस्त पार्न नसकेको संसदलाई लेखेको पत्रमा ट्रम्पले उल्लेख गरेका छन ।

राष्ट्रपति ट्रम्पले संसदलाई लेखेको अर्को पत्रमा टर्कीले पनि पाइरहेको यस्तो सुविधा खारेज गर्ने बताएका छन । यही सुविधाअनुसार टर्कीले सन् २०१७ मा १ अर्ब ७० करोड डलर बराबरको सामान अमेरिका निर्यात गरेको थियो । टर्कीको आर्थिक विकासको अवस्था हेर्दा अब ऊ विकासशील देश नरहेकाले यस्तो सुविधा खारेज गर्न लागेको ट्रम्पले पत्रमा उल्लेख गरेका छन । अति कम विकसित मुलुकका हैसियतमा अमेरिकाले नेपाललाई पनि केही सामानमा भन्सार छुट दिइरहेको छ ।

अमेरिकाको यस्तो निर्णयले भारतीय चुनावमा समेत असर गर्ने विश्लेषण गरिएको छ । भारतमा लोकसभा निर्वाचनको मिति नजिकिदै छ । लोकसभा चुनाव नजिकिँदै जाँदा भारतमा चुनावी सरगर्मी बढ्दै गएको छ । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र विपक्षी कांग्रेससहितका पार्टी आफ्नो चुनावी अभियानमा सक्रिय छन् । दुवै पक्ष एक अर्कालाई पछि पार्दै आउँदो चुनावमा जित निकाल्नका लागि कडा मेहनतमा देखिएका छन् । भाजपाको चुनावी अभियानको नेतृत्व गरिरहेका प्रधानमन्त्री नरेन्द्र मोदीले कांग्रेसको गढ क्षेत्रमै आफ्नो चुनावी अभियान केन्द्रित गरेका छन् ।

उता भारतीय कांग्रेस समेत मोदीको पार्टीलाई पछाडीपार्ने उदेश्य सहित चुनावी सभामा केन्द्रित भएको छ । भारतले अमेरिकालाई आफ्नो ठूलो सहयोगी मुलुकका रुपमा व्याख्या गर्दै आएको छ । खासगरी पाकिस्तानसँगको तनावका बारेमा भारतले आफूसँग अमेरिकी समर्थन प्राप्त रहेको बताउदै आएको छ । अन्य विषयमा भारत–अमेरिका सम्बन्ध सुमधुर रहे पनि आर्थिक कारोबारमा अमेरिकाकाको एक निर्णयले भारतलाई ठूलो धक्का लागेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘जनरलाइज्ड अफ प्रेफरेन्सेज’ (जीएसपी) कार्यक्रमको लाभ पाउने सूचीबाट भारतलाई हटाएपछि भारतीय सत्ताधारी दल मोदीको पार्टीलाई गम्भिर असर गर्नसक्ने विश्लेषकहरुले बताएका छन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो निर्णयले भारतको अर्थतन्त्रमा ठूलो धक्का लाग्ने अनुमान गरिएको छ । यो कार्यक्रम अन्तर्गत भारतीय उत्पादनमा अमेरिकाले कुनै प्रकारको आयात शुल्क लगाउने गरेको थिएन ।

भारतमा आम निर्वाचन नजिकिएको अवस्थामा अमेरिकी राष्ट्रपति ट्रम्पको यो निर्णयले मोदी सरकारको लोकप्रियतामा पनि नकारात्मक प्रभाव पर्ने देखिन्छ । चुनावकै सेरोफेरो अर्थतन्त्रमा नकारात्मक सूचक देखा पर्न थाल्ने हो भने विपक्षी दलहरुले मोदी सरकारलाई सोही विषयलाई आधार बनाएर आलोचना गर्ने निश्चित छ । अमेरिकी निर्णयले विश्लेषकहरुले वताएजस्तो मोदीको पार्टीलाई चुनावमा कस्तो असर पार्छ यो हेर्नका लागिभने चुनावी परिणाम कुनुपर्नेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);