माहामारीबाट प्रभावित अर्थतन्त्राई पुनरुत्थान गर्न सरकारले कर छुट दिएको हो : सचिव पुडासैनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

माहामारीबाट प्रभावित अर्थतन्त्राई पुनरुत्थान गर्न सरकारले कर छुट दिएको हो : सचिव पुडासैनी

काठमाडौं । अर्थमन्त्रालयका सचिव रामशरण पुडासैनीले कोभिड १९ संक्रमणको माहामारीबाट प्रभावित भएको अर्थतन्त्राई पुनरुत्थान गर्नका लागि सरकारले केही सामान र क्षेत्रमा कर छुट दिएको स्पष्ट पारेका छन् ।

आगामी आर्थिक बर्ष २०७८/७९ का लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटका सम्बन्धमा आइतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा सचिव पुडासैनीले सरकारले अघि सारेको कर छुट कार्यक्रमले लगानी बढाउने, नयाँ उद्योग स्थापना हुने, औद्योगिक क्षेत्र फस्टाउने र अन्तत त्यसले राजश्व पनि बढाउने विश्वास आफुहरुले लिएको बताएका हुन् ।

कुल बजेटको ६२ प्रतिशत भन्दा बढी राजश्वबाट नै परिपुर्ति गरिने भएकाले चालु आयोजनालाई निरन्तरता दिनका लागि र अर्थतन्त्रलाई पुरानै लयमा फर्काउनका लागि त्यसो गरिएको उनले स्पष्ट पारे ।

सचिव पुडासैनीले उत्पादनमुलक उद्योग, साना करदाता, निर्यातमुलक उद्योग र स्वास्थ्य उपचार सम्बन्धी सामानमा सरकारले भन्सार कर छुट दिएको स्पष्ट पारे । त्यसैगरी आयात तर्फ औद्योगिक कच्चा पदार्थ, औषधी र घरायसी सामानमा छुट दिएको तथा नयाँ कर सुरु नगरिएको र भएका करका दरहरुको सामान्य समायोजन मात्रै गरिएको स्पष्ट पारे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);