३ सन्तान अपाङ्ग भएपछि दम्पत्तिको विजोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

३ सन्तान अपाङ्ग भएपछि दम्पत्तिको विजोग

बागलुङ, १६ असार । बागलुङ बडीगार्ड गाउँपालिका–१० स्थित एक विपन्न दलित परिवारका तीन सदस्य शारिरीक रुपमा असक्त भएपछि दैनिकी कष्टकर भएको छ । स्थानीय रुपाल विक र तनी विकका चार सन्तान मध्ये ३ सन्तान पूर्ण रुपमा अपाङ्ग भएपछि ज्याला मजदूरी गर्दै आएका दलित परिवारलाई गुजारा चलाउ नै मुस्किल भएको छ ।

बागलुङको बडीगार्ड गाउँपालिका–१० का रुपल विक निकै समस्यामा परेका छन् । ज्याला मजदुरी गरेर ६ जनाको परिवार पाल्दै आएका विकका चार सन्तानमध्ये तीन सन्तान पूर्ण रुपमा अपाङ्ग भएपछि अहिले उनलाई सघाउने समेत कोही छैन । विकका १९ वर्षीय छोरा, १५ वर्षीया छोरी र १० वर्षीय छोरा शारिरीक रुपमा पूर्ण अपाङ्छन् ।

तीन जना सन्तान जन्मजात अपाङ्ग भएपछि विककी श्रीमति तनी विकलाई उनीहरुको स्याहार सुसार गर्दैमा ठिक्क छ । तीनै जनाको हातखुट्टा नै नचल्ने हुँदा खानपान, नुहाई धुहाई गराउन र दिशा पिसाव गराउन समेत समस्या हुने गरेको छ ।

सन्तान बढ्दै गए, खर्च पनि बढ्दै गयो तर, कमाउने एक जना मात्र हुँदा विक परिवारलाई अहिले गुजरा चलाउनै मस्किल भएको छ । आर्थिक अवस्था कमजोर भएपछि उनीहरुको उपचारसमेत हुनसकेको छैन ।

उनीहरुले हालै मात्र ’क’ वर्गको अपाङगता परिचय पत्र पाएका छन् । उनीहरु अहिले कसैले अपाङ्ग सन्तानको उपचार गराइदिन्छकी भन्ने आशामा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);