थालेमिसिया राेगले थलिएकाे एक बालककाे कथा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

थालेमिसिया राेगले थलिएकाे एक बालककाे कथा

प्रतीक पाैडेल भैरहवा । नाबालक छोरा आशिक अलि ३ बर्ष पुग्दा नपुग्दै विरामीले थलिए । उनी थलिएपछि उनको आमा सफिकुन निशा र बुबा सैयद चिन्तीत हुदैं गए । नहोऊ्न पनि किन र ? आशिक जस्तै थलिदैं यस अघि निशा र सैयदले दुई सन्तान गुमाईसकेका थिए ।

दुई सन्तानलाई गुमाएको वियोगको घाउ सन्चो हुन नपाउदैं अर्को छोरोलाई पनि उस्तै रोगले च्यापेपछि उनीहरु रुने र चिन्तीत हुने बाहेक अन्य उपाय रहेन । किनकी उनीहरुसँग राम्रो अस्पतालमा उपचार गराउन पनि सक्ने आर्थिक सामथ्र्य थिएन । तथापी ज्याला मजदुरी गरेर आर्जन गरेको कमाईले भारत र नेपालका विभिन्न अस्पतालमा उपचारकोलागि दौंडिएं । रोग दूईको एक हुन सकेन ।

रोग नै पत्तो लागेन । नाबालक छोरो दिनानुदिन थलिदैं गए , जत्ति दौडिए पनि जति अस्पतालमा पुगेपनि रोग पत्तो नै नलागेपछि उनीहरु झनै निराश हुदैं गए । यस्तैमा एकजना साथिको सल्लाहमा भैरहवाकै डा. राजु काफ्लेलाई चेक गराउन पुगें । नजिकको तीर्थ हेला भने झै टाढा टाढा उपचार गराउन दौंड धुप गरेका उनीहरु डा. काफ्लेको सम्पर्कमा आएपछि आशिकले नयाँ जीवन पाएका छन् ।

उनले मृत्युलाई जीत्ने आशा पलाएको छ । यतिबेला आशिषलाई लागेको रोग पत्ता लागेको पनि छ तर उक्त रोगको उपचारमा धेरै रकम लाग्ने हुदा परिवार कसरी उपचार गर्ने भन्ने तनाब बढेकोछ । बालरोग विशषज्ञ डा. काफ्लेका अनुसार आशिकलाई थालेमेसिया रोग लागेको छ । यो रोग अपुष्ट रक्तकोषका कारण शरीरमा राम्रोसित रक्तकोषको विकास हुन नसक्दा लाग्ने एक प्रकारको रोग हो ।

जसमा हेमोग्लोविन उत्पादनमा समस्या उत्पन्न हुने गर्छ । यो रोग रगत सम्बन्धी देखा पर्ने रोगहरुमध्य निकै अप्ठेरो रोग हो । यो रोग लागेका विरामीलाई रगतको कमी हुने भएकाले ३/४ हप्ताको फरकमा नियमित रगत दिनु पर्दछ । साथै समयमै रोग पत्ता लागेमा बोनम्यारो ट्रान्सप्लान्टमार्फत पनि यो रोग निको पार्न सकिन्छ । डा काफ्ले आशिकको स्थायी उपचार गर्न चाहान्छन् । काफ्लेका अनुसार आशिकको स्थायी उपचारको लागी १५ लाख खर्च लाग्ने देखिएको छ ।

आशिकको उपचार नेपालको केही अस्पतालमा मात्र संभव छ । तर उपचार खर्च महंगो रहेको छ । तर भारतमा भने केही कममा हुने देखिएको छ । अन्सारी दम्पत्ती आशिकको उपचार गर्न त चाहान्छ तर आर्थीक अवस्थाले थलिएको यो परिवार संग उपचार गर्न रकमनै रहेको छैन । मासिक १५ हजार मुस्किलले कमाउने यो श्रमिक परिवार १५ लाख जस्तो ठुलो रकम कसरी जुटाउन सकोस् ।

आशिकका बुवा सैयद अली अन्सारी र आमा सफिकुनले दुई सन्तान गुमाउदा सम्म पनि कहिले थाहा पाएनन् के कारणले उनका सन्तानले जिवन गुमाउनु परेको छ । तेस्रो सन्तानको रुपमा जन्मिएका आशिक जन्मदेखिनै असवस्थ हुदै गएपछि उनिहरु फेरी पनि सन्तान गुमाउने भयले अस्पताल भौतारिदै जादा डा. काफ्लेको सम्पर्क पछि बल्ल आफ्ना दुई सन्तानको मृत्युको कारण र अहिले आशिषलाई लागेको रोगको बारेमा थाहा पाए ।

सैयद अली र सफिकुनले पहिलो सन्तान २०६८ सालमा जन्माए पनि उक्त सन्तान १० महिनामै मृत्यु भयो । त्यसपछि २०७१ सालमा जन्मिएको दोस्रो सन्तान १७ महिनामा मृत्यु भयो र आशिक २०७४ सालमा जन्मिएका हुन् । अन्सारी दम्पत्ती पेशाले श्रमिक हुन् । घर निर्माणको कार्यमा मजदुरको रुपमा काम गर्दै आएका अन्सारी दम्पत्तीले महिनामा १० देखि १५ हजार मुश्किलले आम्दानी गर्छन् ।

बिगत १ बर्ष देखि अन्सारी दम्पत्तीले आशिकको उपचारको लागी मासिक ६ देखि ७ हजार रुपैया उपचारको लागी मात्र खर्च गर्दै आएका छन् । ४ बर्षिय बालक आशिकले संसार बुझ्ने अवशर पनि नपाउदै दुर्लभ रोग थालेमेसियाका कारण जिवन मृत्यु संग लडिरहेको छ । आशिक हाम्रो समाजको भविष्य हो । आशिषलाई बचाउनकोलागि यहाँहरुले सक्दो सहयोग गर्न सक्नुहुनेछ । सहयाेग गर्नकाे लागि ९८०४४५०२७१ मा सम्पर्क गर्नुहाेला ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);