तिर्खा मेटाउन कर्णालीको पानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

तिर्खा मेटाउन कर्णालीको पानी

tirkha metauna karnaliko pani

दैलेख, २७ असोज । अछामको पञ्चदेवल विनायक नगरपालिका–४, चेलकालाकी सुशीला बोहरा दैलेखको आठबीस नगरपालिका–४, राकमस्थित जनज्योति माध्यमिक विद्यालयमा १० कक्षाकी छात्रा हुन्। गाउँमा माध्यामिक तहको पढाइ नहुँदा उनी पढ्न राकम आएकी हुन्।

विद्यालयमा खानेपानी अभाव भएका कारण उनले नजिकै रहेको कर्णालीको पानी पिउन थालिन्। मनले नमान्दानमान्दै पनि उनले बाध्य भएर खोलाको पानी पिउनु प-यो। त्यही पानीकै कारण उनी धेरैपटक बिरामी पनि भइन्। गाउँकै निमाविमा पढ्दा कहिल्यै खानेपानीको अभाव भएन। सफा, फिल्टरको पानी पिउथिन् उनी गाउँकै स्कुलमा पढ्दा। तर, मावि पढ्न राकम आएपछि कर्णालीको दूषित पानी पिउनपर्ने बाध्यता आइलाग्यो।

बोहरा प्रतिनिधिपात्र मात्र हुन्। जनज्योति मावि राकम पढ्ने खानेपानी लिन विद्यालय नजिकै रहेको कर्णाली नदीमा धाउँछन्। दिउँसो १ बजेको मध्यान्तर छुट्टीमा खोला किनारमा विद्यार्थीको लामन नै लाग्छ। ९ कक्षा अध्ययन गर्न राकम आएपछि नदीको प्रदूषित पानी पिउनुपर्ने बाध्यता सुरु भएको बोहराले बताइन्। ‘नदीको पानी खाएकै कारण म सुरूसुरूमा त सातैपिच्छे बिरामी हुन्थे,’ उनी भन्छिन्, ‘पेट दुख्ने, झाडापखालाजस्ता समस्या त अहिले सामान्य भइसके।’

त्यस्तै ९ कक्षामा अध्ययनरत विनोद माझी पनि तिर्खा मेटाउन कर्णालीको पानी नपिई नहुने बताउँछन्। पढाइमा ध्यान दिनुपर्ने बेलामा तिर्खा कसरी मेटाउने भन्ने चिन्ताले सताउने उनले बताए। तिर्खा मेटाउन कर्णाली नदीमा पानी भए पनि त्यो पिउनयोग्य नभएको उनको भनाइ छ। पिउनयोग्य नभए पनि त्यसैले तिर्खा मोटाउनुपर्ने बाध्यता रहेको उनले बताए। वर्षाको भेल होस् या हिउँद विद्यालयका शिक्षक र विद्यार्थी कणालीको पानी पिउन बाध्य छन्। विद्यार्थीले पालैपाले विद्यालयमा नदीबाट पानी बोकेर ल्याउँछन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);