चिनेका व्यक्तिबाटै यौनहिंसा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

चिनेका व्यक्तिबाटै यौनहिंसा

balika rape

काठमाडौं, २७ असोज । विज्ञहरूले चिनेजानेका व्यक्तिबाटै ६८ प्रतिशत यौनजन्य हिंसा हुने गरेको बताएका छन् । उनीहरुले यौनजन्य हिंसाका घटनामध्ये ८० प्रतिशत घटना मादक पदार्थ सेवनपछि हुने गरेको तथ्य पनि औंल्याए ।

पूर्व प्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापित सुशील कोइराला मेमोरियल फाउन्डेसनले शुक्रबार आयोजना गरेको ‘यौनजन्य अपराध : कारण र समाधान’ विषयक छलफल कार्यक्रममा विज्ञहरूले सो जानकारी दिएका हुन् ।

छलफलमा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक देवेन्द्र सुवेदी, मानव अधिकारकर्मी चरण प्रसाई, पत्रकार बबिता बस्नेत र मनोविज्ञानविद् करुणा कुँवरले विज्ञको रूपमा छलफल गर्दै यौनजन्य हिंसाका घटनाको प्रकृति र प्रवृत्तिबारे चर्चा गरेका थिए ।

यौनजन्य हिंसाका घटनामा वृद्धि भएका र यसका पछाडि नागरिकमा आएको चेतना र आमसञ्चार माध्यमको पहुँच भएको जानकारी पनि दिइयो ।
नेपाल प्रहरीमा आर्थिक वर्ष २०६९/७० मा जबर्जस्ती करणीका घटना ६७७ दर्ता भएकोमा २०७३/७४ मा एक हजार १३९ घटना दर्ता भएको जानकारी दिइयो ।

यस्तै, सर्वोच्च अदालतमा २०६९ मा दुई हजार ३९४ घटना दर्ता भएको थियो भने २०७४ मा दोब्बर वृद्धि भएको देखिन्छ । २०७४ मा चार हजार ७४९ उजुरी दर्ता भएको थियो ।

विज्ञहरूले कञ्चनपुरको घटनाबाट नेपाल प्रहरीको छवि धमिलिएको र सरकारका जिम्मेवार व्यक्तिले बोलेका भनाइ नागरिकप्रति राज्य उत्तरदायी बन्न नसकेको टिप्पणी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);