महिला र बालबालिका माथि हुने दुर्व्यवहारमा कुनै कमि अाएन : अायाेग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

महिला र बालबालिका माथि हुने दुर्व्यवहारमा कुनै कमि अाएन : अायाेग

काठमाडौं, ५ मंसिर । राष्ट्रिय मानवअधिकार आयोगले ग नआएको भन्दै अनुसन्धान र कारवाही प्रक्रिया प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

तात्कालिन सशस्त्र द्वन्द्वका समयमा महिला र बालबालिकामाथि भएका यौनजन्य हिंसाका पीडितले अहिलेसम्म न्याय पाउन नसकेको आयोगको ठहर छ । तात्कालिन हिंसाका घटनाको प्रभावकारी अनुसन्धान पनि हुन नसकेको आयोगले जनाएको छ ।

आयोगले तात्कालिन समयमा द्वन्द्वबाट प्रभावित तथा यौन जन्य हिंसाका पीडितहरुलाई न्याय दिन भन्दै विभिन्न आयोगले अनुसन्धान गरिरहेको भएपनि तीनका प्रतिवेदन कार्यान्वयन नभएको, अनुसन्धान र अभियोजन प्रक्रिया नै फितलो भएको जनाएको छ ।

विस्तृत शान्ति सम्झौताको १२ बर्षको समिक्षाका सम्बन्धमा कुरा गर्दै आयोगका प्रवक्ता मोहना अन्सारीले महिला तथा बालिकामाथि हुने यौनजन्य हिंसाको क्रम अहिले पनि नरोकिएको र त्यस्ता घटनाको अनुसन्धान र कारवाही प्रभावकारी हुन नसकेको बताइन् ।

आयोगले सशस्त्र द्धन्द्धका समयमा भएका यौन हिंसा तथा सबै किसिमका लैंगिक हिंसाका पीडितहरुको न्यायको अधिकारको सुनिश्चितताका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ संशोधन मार्फत न्याय निरुपण गर्न, नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय महासन्धिहरुका व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयनका लागि संक्रमणकालीन न्यायका संरचनाहरु सम्बन्धी कानूनहरुमा संशोधन गर्न सरकारलाई भनेको छ ।

विस्तृत शान्ति सम्झौतामा व्यवस्था भए अनुसार संङ्क्रमणकालीन न्याय र द्धन्द्धपीडितका समस्या पुर्णरुपमा सम्बोधन हुन नसकेकोमा आयोगले असन्तुष्ठी जनाएको छ ।

आयोगले विस्तृत शान्ति सम्झौतामा व्यवस्था भएअनुसार संविधानसभाबाट संविधान जारी भई सबै तहको निर्वाचन सम्पन्न हुनु तथा राज्यको पुनसंरचनामा समानुपातिक समावेशी सिद्धान्तलाई अंगिकार गर्नु, सेना समायोजन तथा लडाकुको व्यवस्थापन लगायत पक्ष सकारात्मक भएपनि द्धन्द्ध पीडितको न्यायको पक्ष भने अझै अपुरो रहेको जनाएको छ ।

सरकारलाई ८ बुँदे सिफारिस
सम्झौताको मुख्य कार्यभारको रुपमा रहेको सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितहरुका समस्या पूर्ण रुपमा सम्बोधन हुन नसकेको भन्दै आयोगले सरकारलाई ८ बुँदे सिफारिस गरेको छ ।

शान्ति सम्झौताको १२ बर्ष पुगेको अवसरमा गरिएको मानवअधिकारको अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै आयोगले द्न्द्वपीडितहरुको सत्य तथ्य जान्न पाउने अधिकार संरक्षण गर्न, न्याय र परिपूरणको माध्यमबाट सन्तुष्ठी प्रदान गर्न तथा यस्ता घटना भविष्यमा पुनरावृत्ति हुन नदिने कुराको प्रत्याभुति गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);