संसदमा गृहमन्त्री थापाको राजीनामा माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

संसदमा गृहमन्त्री थापाको राजीनामा माग

rambahadur thapa

काठमाडौं, १० असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शान्ति सुरक्षाको प्रत्याभुति दिन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाकाे राजीनामा माग गरेको छ । मुलुकभर श्रृंखलावद्ध रुपमा महिला हिंसा र हत्याका घटना बढ्दै गईरहँदा घटनाको अनुसन्धान गर्न पनि सरकार असफल भएको भन्दै कांग्रेसले गृहमन्त्रीको राजीनामा माग गरेको हो ।

कांग्रेसले निर्मला पन्तको हत्याको प्रमाण नष्ट गर्न राज्य शक्तिको दुरुपयोग भईरहेको तथा अध्ययन प्रतिवेदन सार्वजनिक हुन नसकेको प्रति गम्भीर आपत्ती जनाएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषाल गौतमले मुलुकभरको हत्या हिंसाको घटना रोक्न नसक्ने गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिन् ।

उनले भनिन् “यो सरकारले हत्या हिंसाका श्रृंखलालाई रोक्न सकेको छैन । म निवेदन गर्न चाहन्छु । यति धेरै हत्या हिंसाका घटनाहरु र महिला अस्मिता माथि लागेका प्रश्न चिन्हको जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिएर आफ्नो नैतिक उदारता देखाउनु जरुरी भईसकेको छ ।”

एसिड प्रहार गरि महिलामाथि हिंसा गर्ने घटना बढ्दै गएको भन्दै उनले दिन प्रतिदिन हत्या हिंसाका घटना हुँदा राज्य मौन बसेको र कुनै पनि अपराधीलाई समातेर कारवाहीको दायरामा ल्याउन नसकेकोप्रति गम्भीर आपत्ती जनाइन् । उनले भनिन् “विडम्बना छ । यो सरकार । यो शासनकालमा अपराधि न त कानुनसंग डरायो न सरकारसंग डरायो ।”

उनले हिंसा नियन्त्रणमा प्रतिपक्षी दलले सरकारलाई जुनसुकै सहयोग गर्न तयार रहेको बताइन् । उनले महिला हिंसाका घटनालाई राजनीतिकरण नगर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।

महिला विरुद्धका हिंसा र अस्मितामा प्रश्न चिन्ह खडा भएको भन्दै उनले भनिन् “सरकारले अपराधिलाई समातोस् । त्यो अपराधीले उन्मुक्ति नपाओस् । त्यसको लागि प्रमुख प्रतिपक्षी दल कहाँ के सहयोग गर्न सक्छ हामी सहयोग गर्न तयार छाैँ । महिला विरुद्धका हिंसाका घटनालाई राजनीतिकरण नगरियोस् ।”

उनले दशैं तिहारको बीचमा मुल्य वृद्धि गरेर सरकारले गरिब जनताको ढाड सेक्ने काम गरेको आरोप लगाइन् । दशैं तिहार जस्तो महान चाडबाडको समयमा सरकारले इन्धन, यातायात, खाद्यान्न र करको दायरा बढाएको भन्दै उनले सरकारको आलोचना गरिन् । मुल्यवृद्धि आफुहरुलाई स्वीकार्य नहुने उनको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);