यौनजन्य अपराध रोक्न प्रहरीको विशेष सुरक्षा रणनीति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

यौनजन्य अपराध रोक्न प्रहरीको विशेष सुरक्षा रणनीति

police

झापा, ४ भदौ । झापामा यौनजन्य अपराधका घटना बढेसँगै प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । महिलामाथि हुने यौनजन्य अपराधका घटना रोक्न प्रहरीले विशेष सुरक्षा रणनीति अपनाएको हो ।

जसका लागि जिल्लाका विभिन्न स्थानमा २ सय ३५ प्रहरी टोल टोलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

यौनजन्य अपराधका घटना नियन्त्रण गर्न जिल्लामा सादा पोशाकमा ५०, मोटरसाइकल गस्तीमा एक सय, तलासी लिने टोलीमा ३५, पैदल गस्तीमा ३५ र अनुसन्धान टोलीमा १५ जना रहने गरी प्रहरी टोली परिचालन गरिएको छ । झापामा आर्थिक वर्ष २०७४/०७५ मा ९९ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);